प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने हो भने नक्कली लोकतन्त्रवादी र जनवादीहरुले धुलो चाट्ने बताएका छन्।
शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेकै माधव नेपाल समूह्लाई संकेत गर्दै यस्तो बताएका हुन्।
‘नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्यो, चुनाव घोषणा गर्यो, जनताका बीचमा जाने कुरा गर्यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्यो’, प्रधानमन्त्री ओलीले भने, ‘यसको अर्थ के हो? यो देश अगाडि बढ्यो, चुनावमा जाने हो भने यिनले माटो चाट्छन्, धुलो चाट्छन्।’
उनले चुनावमा जाने आँट नभएका कारण आफूलाई सरकारबाट हटाउने उपायमात्रै सोचिरहेको बताए।
उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न ठाउँमा प्रधानमनत्री बनिदिनू प¥यो भन्दै निवेदन बोकेर हिँडेको बताए।

प्रतिक्रिया