नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दैलोमा उभिएका साथीहरुलाई नभित्र्याएर ढोका थुनेको बताएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई थाहै नदिई केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनको घोषणा, महत्वपूर्ण जिम्मेवारी हेरफेर लगायतका निर्णय गरेपछि नेपाल पक्षका नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेकपा विवादमा प्रचण्ड समूहमा उभिएको नेपाल पक्ष एमालेमै फर्केकोमा ओलीले स्वागत गर्नुपर्नेमा कारबाही गरेको तर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री ओलीमा एकता गर्ने र साथी भाइको सम्मान गर्ने कुनै संस्कार र चाहना नभएको बताउँदै आएको र त्यो अहिले पुष्टि भएको बताए।
नेपाल समूहका उनले ओली पक्षकै कोणबाट हेर्दा पनि दैलोमा आएर उभिएकालाई घर भित्र्याउँदा फाइदा हुनेमा ढोकै बन्द गरेको बताए।
‘मैले भनेकै हो नि, प्रधानमन्त्री केपी ओलीज्यूमा एकता गर्ने, साथी–भाइलाई सम्मान गर्ने कुनै संस्कार र चाहना छैन भनेर। ओलीजीको पक्ष्यबाट हेर्दा त दैलोमा आएर उभिएका साथी–भाइ, दिदीबहिनीलाई घर भित्र्याउँदा फाइदै हुदो हो। आजै ढोका थुनिदिनुभएछ’, शुक्रबार साँझ सामाजिक सञ्जाल ट्विटरमा पौडेलले लेखेका छन्।
मैले भनेकै हो नि, प्रधानमन्त्री के. पि. ओलीज्यूमा एकता गर्ने, साथी- भाइलाई सम्मान गर्ने कुनै संस्कार र चाहना छैन भनेर । ओलीजीको पक्ष्यबाट हेर्दा त दैलोमा आएर उभिएका साथी- भाइ- दिदीबहिनीलाई घर भित्र्याउदा फाइदै हुदो हो । आजै ढोका थुनिदिनुभएछ ।
Shares

प्रतिक्रिया