पशुपतिनाथको दर्शन गर्दै सुनको जलहरी राख्न सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट भएर पनि धर्मभिरु भएको आरोप लागेको छ।
यसैबीच उनकै पार्टी अहिले नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभाकी सदस्य कोमल वली पनि धर्मप्रति निकै झुकाव राख्ने व्यक्ति भएको पाइएको छ।
शिवरात्रिका अवसरमा दाङको तुलसीपुरमा आयोजित श्रीमद् भागवत महायज्ञमा उनले धार्मिक गुरुहरूबाट आशीर्वाद र टीका ग्रहण गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेकी हुन्।
हेर्नुहोस् :
— Komal Oli (@OliKomal) March 12, 2021"मान्छेकाे कर्म नै उसकाे धर्म हाे" दाङकाे तुलसीपुर स्थित लक्ष्मी नारायण मन्दिरमा महा शिवरात्रीका अवसरमा आयाेजित श्रीमद्भागवत ज्ञान महायज्ञमा स्वामी केशवाचार्यज्यू "सुर्यपाकी"( सुर्यबाट पाकेकाे मात्र भाेजन गर्ने) र गुरु खगेन्द्र बस्यालबाट टिका प्रसाद र आशिर्वाद ग्रहण गर्दै । pic.twitter.com/hJ9sVxfYPI

प्रतिक्रिया