राजनीति


प्रधानमन्त्रीलाई भेट्न जसपा नेता बालुवाटार जाँदै, ठाकुर भन्छन्ः माग पुरा गरे सरकारबारे छलफल

प्रधानमन्त्रीलाई भेट्न जसपा नेता बालुवाटार जाँदै, ठाकुर भन्छन्ः माग पुरा गरे सरकारबारे छलफल

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ११:११,

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुले उठाएको एजेण्डा पुरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल गर्ने बताएका छन्।

बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफुहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पुरा भएमात्रै सत्ता समिकरणको विषयमा छलफल गर्ने बताएका हुन्।

अध्यक्ष ठाकुरले बिहीबार साँझ साढे ५ बजे आफूलगायत नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको पनि जानकारी दिए।

उनले भने, ‘हामी ५ जना साढे पाँच बजे प्रधानमन्त्रीसँग भेट्न गइरहेका छौँ। यसमा हाम्रो एजेण्डा यो छ की, साथीहरु, सांसदहरु जेलमा छन्। प्रदेशका मन्त्रीहरु माथि मुद्दा छ। जेलमा छन् मानिसहरु, उनीहरुको रिहाइको विषयमा, मुद्दा फिर्ताको विषयमा कुरा गर्छौं। सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्ने होइन। हाम्रो एजेण्डा जुन छ एजेण्डा पुरा भएपछि मात्रै हामी सत्ता समीकरणबारे सोचौँला।’

अध्यक्ष ठाकुरले यस विषयमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए।

उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad