राजनीति


नेपाल समूहका स्थायी समिति सदस्य छलफलमा

नेपाल समूहका स्थायी समिति सदस्य छलफलमा

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ६:४७,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी समिति सदस्यहरुबीच बिहीबार छलफल हुने भएको छ।

बुधबार केन्द्रीय कमिटीको सदस्यहरुसँग छलफल गरेको नेपाल समूहले बिहीबार दिउँसो बानेश्वरस्थित अर्याल होटलमा स्थायी समिति सदस्यहरु छलफल गर्न लागेको हो।

‘आज दिउँसो स्थायी समिति सदस्यहरुसँग छलफल गर्ने कार्यक्रम छ’, नेता नेपालनिकट स्रोतले नेपालखबरसँग भन्यो।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने जनाएको छ।

बुधबार बसेको नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहले गुण्डागर्दी शैलीमा पार्टी कब्जा गर्न खोजेको भन्दै त्यसको प्रतिकार गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ।

 नेपाल समूहले अदालतको फैसलापछि पार्टी कमिटी २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै त्यहीबाट एमालेलाई अघि बढाउनुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .