राजनीति


माधव नेपाल पक्षधरको लाइन : माओवादीसहितको सरकार नै कायम राख्नुपर्छ

माधव नेपाल पक्षधरको लाइन : माओवादीसहितको सरकार नै कायम राख्नुपर्छ

नेपालखबर
फागुन २६, २०७७ बुधबार १३:४२,

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका नेताहरुले अहिलेको सरकारमा माओवादीसँगको गठबन्धन नै कायम राख्नुपर्ने धारणा राखेका छन्।

उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता कानूनीरुपमा कायम राख्न नसके पनि सरकारमा वामपन्थी गठबन्धन कायम राख्नुपर्ने धारणा राखेका छन्।

नेकपाका माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बुधबार बानेश्वरमा भएको भेलामा धेरै सदस्यहरुले सो धारणा राखेका हुन्।

‘सरकारको बारेमा यहाँ के सुझाव आयो भने वामपन्थीहरुको सरकार कायम राख्नुपर्छ, पार्टी त दुइटा भयो, पार्टी एक राख्न संभव नभए पनि सरकार चाहिँ वामपन्थीहरुको हुनु उपयुक्त हुन्छ भन्ने राय आएको छ,’ सो भेलाबाट बाहिरिँदै गर्दा एमाले नेता रघुजी पन्तले सञ्चारकर्मीसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad