ad ad

राजनीति


ओली सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुँदैन : अध्यक्ष यादव

ओली सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुँदैन : अध्यक्ष यादव

नेपालखबर
फागुन २६, २०७७ बुधबार ११:१९,

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पारेका छन्।

बुधबार संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गर्ने बताएका हुन्।

वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्यये भएको उनको भनाइ छ।

उनले मधेसका मुद्दमलाई हल गर्ने र संविधान संशोधनलाई अगाडि बढाउने शक्तिसँग सहकार्य गर्ने बताए।

‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्न सक्छौँ। जसले हाम्रा मधेशका मुद्दाहरुलाई समर्थन गर्दछ। संविधान संशोधनलाई अगाडि बढाउँछ। त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने हो’, अध्यक्ष यादवले भने, ‘त्यो शक्ति भनेको नेकपा(एमाले) होइन्। त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक टेस्ट गरेर व्यवहारमा हेरिसकेका छौँ। अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .