ad ad

राजनीति


कांग्रेसको ध्यान हतारमा सरकारमा जानुभन्दा निर्वाचनमा बहुमत ल्याउनेतिर : प्रधान

कांग्रेसको ध्यान हतारमा सरकारमा जानुभन्दा निर्वाचनमा बहुमत ल्याउनेतिर : प्रधान

नेपालखबर
फागुन २६, २०७७ बुधबार ११:१७,

नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले नेपाली कांग्रेस हतारमा सरकारमा जानुभन्दा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। आगामी स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी अगाडि बढ्नुपर्ने उनको भनाई छ।

बुधबार संसद बैठकबाट बाहिरिएपछि उनले भने, ‘हतारमा जानुभन्दा विश्लेषण गर्नुपर्छ पार्टीले। परिस्थितिको आँकलन गरेर अब आउने स्थानीय निर्वाचन र आम निर्वाचनमा बहुमत ल्याउने हिसाबले अघि बढ्ने।’

यता, कांग्रेसका अर्का नेता मिन विश्वकर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, कांग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताए।

सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको पनि उनको टिप्पणी छ।

उनले भने, ‘यदी उहाँहरुले समर्थन फिर्ता लिनुभयो भने त्यो बेला नेपाली कांग्रेस, जसपा र नेकपा(माओवादी केन्द्र) ३ वटा शक्तिको बल्ल सरकार बनाउने विषयमा छलफल हुन्छ। सरकारको कार्यशैली, संसदलाई बिजनेश नदिएका कारणले संसदको बैठक लम्बिइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .