नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संगठनात्मक संरचनाबारे गृहकार्य गर्नका लागि चार सदस्यीय कार्यदल बनाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले चार जना स्थायी समिति रहेको कार्यदल निर्माण गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उक्त कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको उनले जानकारी दिए।
उक्त कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेस गर्ने उपाध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया