राजनीति


राप्रपाले मनोनयन गर्‍यो ५ प्रदेश अध्यक्ष र उपाध्यक्ष, कहाँ को?

राप्रपाले मनोनयन गर्‍यो ५ प्रदेश अध्यक्ष र उपाध्यक्ष, कहाँ को?

नेपालखबर
फागुन २६, २०७७ बुधबार ५:१४,

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै राप्रपाले प्रदेश १, २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको जानकारी दिएको हो।

अध्यक्षत्रयले पार्टीको विधान बमोजिम प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन गरेको राप्रपाले जनाएको छ।

 जसअनसार प्रदेश १ को अध्यक्षमा रामकुमार थापा (झापा) र उपाध्यक्षमा सगुनसुन्दर लावती (पाँचथर), प्रदेश २ को अध्यक्षमा रामचन्द्र राय (सर्लाही) र उपाध्यक्षमा महेशलाल महासेठ (सिरहा), गण्डकी प्रदेशको अध्यक्षमा हेमजंग गुरुङ (लमजुङ) र महेश्वर रोक्का (गोरखा) मनोनयन भएका छन्।

 

त्यस्तै लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय ( रुपन्देही) र उपाध्यक्षमा कैलाश गुरुङ (रुपन्देही), कर्णाली प्रदेशको अध्यक्षमा दीपबहादुर शाही (कालीकोट) र उपाध्यक्षमा जनकसिंह ठकुरी (सुर्खेत) मनोनयन भएका छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad