माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।
प्रचण्ड देउवालाई भेट्न मंगलबार बुढानिलकण्ठ निवास पुगेका थिए।
उनीहरुबीच आधा घण्टा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले नेपालखबरलाई जानकारी दिए।
देउवा र प्रचण्डबीच सत्ता सहकार्यको विषयमा छलफल भएको थियो।
प्रचण्डले ओली सरकारमा रहेका माओवादी मन्त्रीलाई फिर्ता नगरेको विषयमा देउवाले जिज्ञासा राखेको स्रोतले जनाएको छ।
‘तपाईँले कांग्रेससँग सत्ता सहकार्यको कुरा त गर्नुभयो तर माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु फिर्ता गर्नुभएको छैन,’ देउवाले प्रचण्डसँग राखेको जिज्ञासा उद्धृत गर्दै देउवानिकट स्रोतले भन्यो।
माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी र कांग्रेससँग छलफल गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया