ad ad

राजनीति


संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी र जसपाले दर्ता गराए विरोध पत्र

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी र जसपाले दर्ता गराए विरोध पत्र

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १२:४६,

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले संसदमा विरोधको सूचना दर्ता गराएका छन्।

सो अध्यादेश अन्य दलहरुको विरोधबीच आइतबार संसदमा प्रस्तुत गरिसकेको छ।

सरकारले अध्यादेश ल्याएर संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषदकाे बैठकका लागि आवश्यक कोरमको संख्या नै कम गरेको थियो।

अध्यादेशमार्फत् संशोधित प्रावधानमा टेकेर सरकारले तीन दर्जनभन्दा बढि पदमा पदाधिकारी नियुक्त गरिसकेको छ।

सोको विरोधमा अन्य दलका सांसदहरुले संसदमा नाराबाजी गर्दागर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले संसद बैठकमा पेस गरेका थिए।

‘अध्यादेशबाट देश चलाउनु हुँदैन, यो अलोकतान्त्रिक परिपाटी हो भनी हाम्रो पार्टी, कांग्रेस र जसपाका सांसदले विरोधको सूचना दर्ता गराएका हौं,’ माओवादी सांसद टेकबहादुर बस्नेतले नेपालखबरसँग भने।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादीका सांसदहरू सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी, टेकबहादुर बस्नेत, जसपाका सांसद लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले सो विरोधको सूचना संसद सचिवालयमा दर्ता गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .