कारोबार


सुनको मूल्य विस्तारै ओर्लिँदै, फागुनमा झण्डै ५ हजारले घट्यो

सुनको मूल्य विस्तारै ओर्लिँदै, फागुनमा झण्डै ५ हजारले घट्यो

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ६:२,

फागुन महिनामा सुनको मूल्य ९० हजारबाट घट्दै घट्दै ८५ हजार प्रतितोलामा ओर्लिएको छ।

फागुन २ गते ९० हजार ८ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको सुन आज अर्थात् २५ गतेसम्म आइपुग्दा ८५ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

यता २ गते १ हजार ३ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी २५ गते आइपुग्दा १ हजार २ सय ५५ रुपैयाँमा झरेको छ।

ह्वात्तै नघटे पनि सुन पछिल्लो समय विस्तारै सस्तो भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन ८५ हजार ६ सय, तेजाबी सुन ८५ हजार १ सय ५० रुपैयाँ र चाँदी १ हजार २ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

आजको सुनको मूल्य सोमबारको तुलनामा ६ सय रुपैयाँले सस्तो हो। त्यस्तै चाँदी हिजोको तुलनामा प्रतितोला १० रुपैयाँ सस्तो हो।

gold fagun2077

यता अन्तर्राष्ट्रिय बजारमा पनि सुन पछिल्लो ३० दिनयता प्रतिऔँस १४४.२१ अमेरिकी डलरले सस्तो भएको छ। ६ महिनाअघिको तुलनामा २५९.५७ अमेरिकी डलर प्रतिऔँसले सस्तो भएको छ। आजकै बजारअनुसार भने प्रतिऔँस ३.७२ अमेरिकी डलरले महंगो भएर प्रतिऔँस १६८९.४९ अमेरिकी डलर पुगेको छ।

कोरोना महामारीबाट विश्व तंग्रिँदै गर्दा र भाइरसविरुद्धको खोपको उपलब्धता बढ्नथालेपछि लगानीकर्ताहरुले सुनमा लगानी गर्ने क्रम कम हुँदै गएकाले पनि सुनको मूल्यमा ह्रास आएको विश्लेषकहरुको भनाइ छ।

महामारीमा कच्चा तेलको माग र मूल्य दुवै कम भएको थियो। अहिले भने कच्चा तेल सोमबार पहिलोपटक ७० डलर प्रतिब्यारेल पुगेको थियो। अर्थतन्त्र चलायमान नहुँदा लगानीकर्ताले बहुमूल्य पहेँलो धातुमा लगानी गरे पनि अहिले त्यो अवस्था फेरिएकाले पनि सुनको मूल्य घटेको हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad