राजनीति


एमाले र माओवादी केन्द्र ब्युँतिएपछि जनार्दन शर्मा भन्छन् : मेरो मनमा गम्भीर प्रश्न उठिरहेको छ

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि जनार्दन शर्मा भन्छन् : मेरो मनमा गम्भीर प्रश्न उठिरहेको छ

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ५:४९,

पुनर्स्थापित नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वर्तमान राजनीतिक उथलपुथल देखेर मनमा गम्भीर प्रश्न उठिरहेको बताएका छन्।

सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र अलग्गिएको भोलिपल्ट मंगलबार (आज) नेता शर्माले चिन्ता व्यक्त गरेका हुन्।

‘हामीले प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ,’ सामाजिक सञ्जालमा नेता शर्माले लेखेका छन्, आफैंभित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ।’

यस्तो छ, उनको वक्तव्यको पूर्ण पाठ :
हामीले प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ। आफैंभित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ।

परिवर्तनको मर्मअनुरूप राज्यका संरचनाहरूको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनीतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो। नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरूको बाहुल्यता बढ्दै जानु पनि अर्को कारण हो।

राजनीतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपनाबाट विचलित विकृत राजनीतिप्रति घृणा गर्दै लोकतान्त्रिक मूल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपूर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्यायसहितको राजनीतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad