राजनीति


कमल थापाको दाबी : पाप र धर्मको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज बन्छ

कमल थापाको दाबी : पाप र धर्मको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज बन्छ

नेपालखबर
फागुन २४, २०७७ सोमबार ११:३०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जवर्जस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वर्थका खातिर कमजोर बनाउँदै लगिएकोले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको दाबी गरे।

परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले गगाडि बढ्ने उनले ठोकुवा गरे।

धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपंक्तिमा रहेकोले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाले बताए।

महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी वैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .