राजनीति


पेरिसडाँडामा सुरु भयो प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक

पेरिसडाँडामा सुरु भयो प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक

नेपालखबर
फागुन २४, २०७७ सोमबार १०:२७,

सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ।

पेरिसडाँडास्थित पार्टी कर्याालयमा केहीबेरअघि बैठक सुरु भएको स्थायी कमिटी सदस्य मातृका यादवले नेपालखबरलाई जानकारी दिए।

आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो।

सो फैसलापछि प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको हो। यसअघि सोमबार बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो।

प्रचण्ड–नेपालले सर्वोच्चको फैसलालगत्तै आइतबार नै संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। उनीहरुले प्रचण्ड–नेपाललाई सर्वोच्चको फैसला पुनरवलोकन गर्न सुझाव दिएका छन्।

यसका साथै नेकपाका बहुमत सदस्य र सांसदले नेकपा नामबाहेकको अर्को नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सकिने समेत सुझाव दिएका छन्।

आजको बैठकले ती निर्णय गर्ने सम्भावना रहेको नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad