ऋषि कट्टेलले हालेको मुद्दामा सर्वाेच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज भएको फैसला गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लड्डु नै त बाँडेका छैनन्, तर उनी निकै खुसी छन्।
आइतबार फैसला हुनासाथ उनले संसदीय दलको बैठक मात्र बोलाएनन्, अत्यन्त उत्साहित हुँदै तुरुन्त घोषणा गरे– ‘चाँडै एमाले केन्द्रीय कमिटी बैठक बोलाउँछु।’
यसको अर्थ नेकपा खारेजीकाे फैसलामा उनी कम्ता खुसी छैनन्।
यस्तै ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेल, पार्टी प्रवक्ता प्रदीप ज्ञवालीदेखि विभिन्न नेतासम्मले सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरिरहेका छन्।
अझ तल्लो तहका नेता/कार्यकर्ताले त कतिपय स्थानमा दीपावाली नै गरेका खबर पनि सार्वजनिक भएका छन्।
ओली समूहका नेता विष्णु पौडेलले अब आफू एमालेको उपमहासचिव बनेको भन्दै सर्वाेच्चको फैसलामा खुसी व्यक्त गरिसकेका छन्।
महेश बस्नेतले त गर्वसाथ आफूलाई नेकपा एमालेको सांसद भने।
याे पनि : महेश बस्नेतले भने : एमालेकै सांसदको हैसियतमा सदनमा छु
यस्तै सर्वाेच्चले फैसला गर्नासाथ परराष्ट्रमन्त्रीसमेत रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापाले फैसलाको अंश सामाजिक सञ्जालमा सेयर गर्दै खुसी मनाए।
याे पनि : सर्वाेच्च अदालतले एमाले ब्युँताइदिएकामा ओली पक्ष खुसी
खुसी प्रकट गर्ने क्रम जारी छ। आज बिहानै पूर्वमन्त्रीसमेत रहेका पूर्वएमाले नेता गोकुल बास्कोटाले पनि प्रचण्ड–नेपाल पक्षलाई व्यंग्य गर्दै स्टाटस लेखेका छन्।
याे पनि : सर्वोच्च अदालतले एमाले ब्युँताइदिएछि गोकुल बास्कोटा हर्षित, प्रचण्ड–नेपाललाई बिहानै व्यंग्य
यसको अर्थ हो– प्रधानमन्त्री ओली तथा उनको समूहले ऋषि कट्टेलको नेकपालाई कानुनी मान्यता दिने र सत्तारूढ नेकपालाई अवैधानिक घोषित गर्ने सर्वाेच्चको फैसलालाई प्रचण्ड–नेपाल पक्षको हार र आफ्नो जित ठानेको छ।
यसअघि फागुन ११ गते सर्वाेच्चले नै संसद् पुनर्स्थापनाको फैसला गर्दा खुसीमा प्रचण्ड र माधवकुमार नेपालले लड्डु बाँडेको बदला अहिले तिर्न पाइएको झैं गरिरहेको छ, ओली समूह।
तर त्यही नेकपा होइन, जसको प्रथम अध्यक्ष आफू भएको दाबी गरिरहेका थिए, आइतबार अघिसम्म प्रधानमन्त्री ओली। अनि त्यही पार्टीको वैधानिकताका लागि मरिहत्ते गरिरहेका थिए, रातारात केन्द्रीय सदस्य थपेर निर्वाचन आयोग धाउँदै।
यसरी आफैं ‘प्रथम अध्यक्ष’ भएको पार्टीको वैधानिकता नै खुस्किँदा सबैभन्दा दुःख ओलीलाई नै लाग्नुपर्ने ! यो फैसलाले सबैभन्दा ठूलो धक्का त उनी र उनको समूहलाई पुग्नुपर्ने !
तर उल्टै खुसी किन?
याे पनि : सर्वाेच्च अदालतले नेकपाको दर्ता बदर गरेकोबारे ईश्वर पोखरेलले पनि दिए प्रतिक्रिया
नेकपाकै एक खेमा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालले भनेझैं ‘अब केपी ओलीको चाहना पूरा भएको हो त? प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको थियो त ?’
उत्तर अपेक्षित छ।
याे पनि : सर्वाेच्च अदालतको फैसलाबाट रमाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगा दाहालको चेतावनी

प्रतिक्रिया