संवैधानिक कानुनका ज्ञाता विपिन अधिकारीले नेकपाको नाम विवादबारे सर्वाेच्च अदालतले गरेको फैसला उचित भएको दाबी गरेका छन्।
अब निर्वाचन आयोगले नआत्तिईकन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीसम्बन्धी कानुनी जटिलता समाधान गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकताका बारेमा सर्वोच्च अदालतले उचित फैसला गरेको छ,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘निर्वाचन आयोगले अहिलेको नेकपाको विग्रहको कानुनी जटिलतालाई नआत्तिईकन समाधान गर्नु पर्ने हुन्छ।’
यस्तै उनले अगाडि भनेका छन्, ‘यस सम्बन्धमा दुवै समूहहरूले आयोगसँग सहकार्य गर्नुको विकल्प छैन।’
याे पनि : कानुनविद् भन्छन्ः सर्वोच्चले न्यायिक कू गर्यो, फैसला कार्यान्वयन हुँदैन

प्रतिक्रिया