राजनीति


फेरि २० हजार ‘बेटी’लाई साइकल बाँड्दै प्रदेश २ सरकार

फेरि २० हजार ‘बेटी’लाई साइकल बाँड्दै प्रदेश २ सरकार

शैलेन्द्र महतो
फागुन २४, २०७७ सोमबार ४:२१,

प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ।

सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छोरीहरूलाई साइकल प्रदान गर्न लागिएको कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन्।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। सोहीअनुसार आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साइककल वितरण कार्यक्रम सुरु गर्न लागिएको हो।

प्रदेश सरकारले सोमबार (आज) बिहान ११ बजे मधेस भवनको खेलकुद मैदानमा धनुषाका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत्त १ हजार ५ सय छात्रालाई साइकल वितरण गर्न लागेको मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

उनका अनुसार धनुषाका २७ विद्यालयका छात्रालाई आज साइकल दिइनेछ।

यसअघि आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारले प्रदेशमा कक्षा ८ मा अध्ययनरत २० हजार छात्रालाई साइकल दिएको थियो।

छोरीलाई बढी नै विभेद हुने तथा दाइजोजस्ता कुप्रथाले ग्रस्त तराई–मधेसमा महिलाको अवस्था सुधार्न तथा उनीहरूप्रतिको हेय दृष्टि परिवर्तका लागि प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको छ।

छोरीको सुरक्षा, शिक्षामा विशेष ध्यान दिँदै प्रदेश सरकारले उनीहरूको आत्मबल बढाउन ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरेको हो।

जसअन्तर्गत छोरी शिक्षा बिमा, साइकल वितरण, छोरीलाई आत्मरक्षा तालिमलगायत कार्यक्रम प्रदेश सरकारले गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad