ad ad

राजनीति


संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याए बुधबारको बैठक पनि बस्दैन : गगन थापा

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याए बुधबारको बैठक पनि बस्दैन : गगन थापा

नेपालखबर
फागुन २३, २०७७ आइतबार १५:५६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश बुधबारको बैठकमा ल्याएमा बैठक चल्न नसक्ने बताएका छन्।

आइतबारको बैठकमा सो अध्यादेश पेश गरेपछि प्रतिनिधि सभामा रोष्ट्रम घेराउ गरेको कांग्रेसका नेता थापाले आउँदो बैठकमा समेत अध्यादेश ल्याए बैठक चल्न नदिने संकेत गरेका हुन्।

नेता थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको र सोको निरुपण नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने बताए।

‘संसद भनेपछि राष्ट्रियसभा पनि हो। उपनिर्वाचन भइसकेको छ। उहाँहरु कुन पार्टीको हो? कहाँ लगेर फर्काउने? कुन विन्दुमा लगेर फर्काउने? सम्मानित सर्वोच्च अदालतले अहिले गरिदिएको निर्णय पछि आउने जटिलताहरु धेरै छन्’ उनले भने, ‘यसको गाँठो हामीले पारेको पनि होइन। हामीले फुकाउने पनि होइन।’

थापाले प्रधानमन्त्री र सभामुख कुन दलका हुन् भन्ने प्रश्न पनि गरे।

उनले भने, ‘हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ भित्र अब दुईवटा दलको अस्तित्व रह्यो। नेकपा माओवादी केन्द्र र नेकपा एमाले रहेको अवस्था रह्यो। प्रधानमन्त्री कुन धाराको हो र कुन दलको प्रधानमन्त्री हो? सभामुख कुन दलको हो? सभामुखको लैंगिक पहिचान पो छ त। तर कुन पार्टीको मान्ने? सभामुखलाई गाई कि त्रिसुल गर्ने कि? कता तिर लैजाने? अदालतले माग्दै नमागेको कुरामा प्रवेश गरेपछि त जटिलताहरु पनि फर्कि फर्कि ढोका ढकढकाउदै फेरि अदालत नै जाने भो। यसले थप जटिलताहरु निम्त्याउने छ नै।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .