ad ad

राजनीति


अन्ततः नेकपा संसदीय दल नेता परिवर्तनको निवेदन संसद सचिवालयले गर्‍यो दर्ता

अन्ततः नेकपा संसदीय दल नेता परिवर्तनको निवेदन संसद सचिवालयले गर्‍यो दर्ता

नेपालखबर
फागुन २३, २०७७ आइतबार ९:५२,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन्।

उनीहरुले ओलीलाई संसदीय दलको नेताबाट हटाई सो पदमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको जानकारी पत्र दर्ता गराउन संसदका महासचिव डा। भरतराज पौड्यालको कार्यकक्षमै पुगेका हुन्।

सो जानकारी पत्र संसद सचिवालयले औपचारिकरुपमा दर्ता भएको सांसद रामनारायण बिडारीले बताए।

यसअघि त्यसबारे कानूनी परामर्श गर्नुपर्ने भनी केहि समय माग गरेका संसद सचिवालयका महासचिव डा। भरत पौड्यालले अन्ततः दर्ता गर्न तयार भएका हुन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा सो पक्षका सांसदहरु पौड्यालकै कार्यकक्षमा पुगी सो जानकारी दर्ता गराएका हुन्।

सांसद डा। दीपक प्रकाश भट्टका अनुसार प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ जना सांसद महासचिव पौड्यालको कार्यकक्षमा पुगेको बताए।

सो पक्षले शुक्रबार ओलीलाई संसदीय दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .