ad ad

राजनीति


ओप्रा विन्फ्रेसँग ह्यारी र मेगनको अन्तर्वार्ता प्रसारण हुँदै, ब्रिटिस राजतन्त्रलाई झट्का!

ओप्रा विन्फ्रेसँग ह्यारी र मेगनको अन्तर्वार्ता प्रसारण हुँदै, ब्रिटिस राजतन्त्रलाई झट्का!

नेपालखबर
फागुन २३, २०७७ आइतबार ९:३६,

यो अन्तर्वार्तालाई सबैले बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन् किनभने यो अन्तर्वार्तामा ह्यारी र मेगनले आफूहरुले किन राजकीय पदवी त्यागेको भनेर खुलाउँदैछन्।

यो अन्तर्वार्तापछि ह्यारी दम्पती र बेलायती राजतन्त्रबीचको तिक्ततापूर्ण सम्बन्ध बुझ्न सकिने बताइएको छ।

ब्रिटिस राजकुमार ड्युक अफ ससेक्स ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको जिम्मेवारीबाट पन्छिएको एक वर्षभन्दा लामो समय भइसकेको छ।

अहिले अमेरिकामा बसिरहेका उनीहरू आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएका छन् र हालै उनीहरुले टेलिभिजनमा एउटा लामो अन्तर्वार्ता दिएका हुन्।

अन्तर्वार्तामा उनीहरूले अमेरिका सर्नुअघि राजपरिवारका सदस्यको रूपमा कस्तो अनुभव गरे भनेर खुलाउँदैछन्।

सीबीएस टीभीमा प्रसारण नुहँदै ओप्रा विन्फ्रेसँगको सो अन्तर्वार्ता अहिले चर्चामा आएको छ।

हालै सार्वजनिक भएको एउटा अंशमा मेगनले भनेकी छन्,‘मलाई थाहा छैन यो सबै समयपछि पनि राजपरिवारले हाम्रा बारेमा गलत कुराहरू फैलाइरहँदा पनि कसरी उनीहरू हामी चुप लागेर बस्छौँ भनेर सोच्छन्।’

प्रसारणको अगाडि जारी गरिएको अर्को अंशमा मेगनले बकिङघम दरवारले उनीहरूको बारेमा झुठो आरोपहरु लगाएको पनि बताएकी छिन्। उनले आफ्नो कथा सुनाउन चुप नहुने बताएकी छिन्।

सार्वजनिक क्लिपको अंशमा ह्यारीले बेलायती खराब पत्रकारिताको अभ्यासका कारण आफ्नो व्यक्तिगत जीवन तहसनहस भएको उल्लेख गरेका छन्।

मेगनले हालै मेल अन सन्डे पत्रिकाविरुद्ध आफ्नो पितालाई लेखेको पत्र प्रकाशित गरेर आफ्नो गोपनीयता भङ्ग गरेको भन्ने बारेको मुद्दा जितेकी छन्।

यस अन्तर्वार्ताले पुरानो ब्रिटिस राज संस्थाले आधुनिक तथा फरक जातका महिलाबिरूद्ध कसरी जातीवादका आधारमा भेदभाव राख्छ भन्ने पनि देखाउने रोयटर्सले उल्लेख गरेको छ।

बेलायती राजपरिवाका बारेमा जानकार रहेका रिचार्ड फिजविलियम्सले रोयटर्ससँग भनेका छन्,‘ह्यारी र मेगनको अन्तर्वार्ता बदलाको स्वरुप हो। यसले ब्रिटिस राजपरिवारको छवि बिगार्नेछ।’

अन्तर्वार्ता प्रसारण हुने समयभन्दा केही दिनअगाडि द टाइम्स समाचारपत्रमा प्रकाशित सामग्रीका अनुसार मेगन राजपरिवारको सक्रिय सदस्य रहँदा उनीमाथि कामदारमाथि गलत व्यवहार गरेको आरोप लगाइएको छ।

आरोपीले उनलाई दुई व्यक्तिगत सहयोगीलाई घरबाट निकालेको र तेस्रोको आत्मविश्वासलाई गिराउने काम गरेको आरोप लगाएका छन्।

मेगनको प्रवक्ताका अनुसार चरित्रमाथि गरिएको पछिल्लो आक्रमणबाट उनी दुःखी भएकी छिन्।

दरबारले यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

महारानीले आफ्नो व्यक्तिगत विषयमा विरलै सार्वजनिक रूपमा बोल्ने हुँदा यसअघि पनि राजपरिवारका सदस्यहरूले आफ्नो व्यक्तिगत जीवन र पारिवारिक कुराहरू बोल्दा दरबारलाई मन नपरेका उदाहरण छन्। बीबीसी र रोयटर्सको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .