ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता नगर्ने

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता नगर्ने

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:३६,

प्रचण्ड–नेपाल समूहले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएको छ।

कांग्रेससँग मिलेर प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयारी गरिरहेको भए पनि आइतबार भने अविश्वासको प्रस्ताव दर्ता नहुने भएको छ।

प्रचण्ड–नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले आज अविश्वासको प्रस्ताव दर्ता नहुने बताइन्।

‘आज अविश्वासको प्रस्ताव दर्ता हुँदैन, हामी छलफलमै छौँ’, नेपालखबरसँग कुरा गर्दै सांसद झाँक्रीले भनिन्।

अविश्वासको प्रस्ताव रोकेर प्रचण्ड–नेपाल पक्ष आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारी दिन संसद सचिवालय पुगेको छ।

सांसद दीपकप्रकाश भट्टले ९० जना प्रतिनिधि सभा २४ जना राष्ट्रिय सभाका सांसद गरी १ सय १४ जनाको संसद सचिवालयमा उपस्थित भएको जानकारी दिए।

प्रधानमन्त्रीको अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेसले स्पष्ट धारणा नदिएपछि प्रचण्ड–नेपाल समूह आइतबार अविश्वासको प्रस्ताव नल्याउने टुंगोमा पुगेको हो। उनले अविश्वासको प्रस्ताव अगाडि बढाउन कांग्रेस कांग्रेसको साथ चाहिने भएका कारण प्रचण्ड–नृपाल समूहले कांग्रेसको निर्णय कुरेको एक सांसदले बताए।

‘कांग्रेसले अविश्वासको प्रस्तावका बारेमा निर्णय नदिँदा ढिलाई भएको हो’, ती सांसदले नेपालखबरसँग भने, ‘हामी कांग्रेसको निर्णयको प्रतीक्षामा छौँ।’

उनले कांग्रेसले अझै पर्खा र हेरको नीति अख्तियार गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .