बुटवलको तिलोत्तमा ३ मा मोटरहेड ब्रान्डले नयाँ शोरुम उद्घाटन गरेको छ।
कम्पनीले नाटुका केन्द्रीय अध्यक्ष जीवन अधिकरीको प्रमुख आतिथ्यमा शोरुम उद्घान गरेको हो।
कार्यक्रममा प्रदेश स्तरीय नाटुका अन्य पदाधिकारी, मिडिया सहकर्मी तथा स्थानीयहरुको सहभागिता थियो। मुख्य अतिथि अधिकारीले आजको युवावर्गको चाहनाको बाइक बन्न सफल मोटरहेड ब्रान्डका बाइकको थ्रिएस सुविधासहितको शोरुम बुटवलमा उद्घाटन गर्न पाउँदा उत्साहित रहेको बताए।

उनले बिक्रीको साथै पार्टपुर्जाको समेत व्यवस्था गरी बिक्रीपछिको सेवालाई पनि शाखाले ध्यान दिने विश्वास व्यक्त गरे।
लुम्बिनी टु ह्विल्सका म्यानेजिङ डाइरेक्टर सुनिल भुसालले यो शाखाबाट ग्राहकलाई चाहिने सेवा तथा सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहकमुखी अफर र सेवालाई प्रस्तुत गर्दै अगाडि बढ्ने कुरालाई जोड दिए।
आफू स्वयं पनि यही ब्रान्डको मोटरसाइकल डेढ वर्षदेखि निरन्तर चढिरहेको उनले बताए।

एसएलआरको तर्फबाट कार्यक्रममा ग्राहकमुखी म्यानेजर उज्वल जोशीले यस प्रालिको भिजन र बाइकहरुसम्बन्धी, सेवासम्बन्धी जानकारी दिए।
उद्घाटनसँगै कम्पनीले फागुन २१ गतेदेखि नै २३ गतेसम्म आफ्नो बुटवल डिलरसिपमा एक्सचेन्ज र सरल फाइनान्सको व्यवस्था गर्दै बजारको प्रचलित मूल्यमा थप १५ हजारको मूल्यांकन, १० हजार छुट, एक्सचेन्ज बाहेकका बिक्रीमा र फ्रि हेल्मेट उपलब्ध गराएको जानकारी दिएको छ।

प्रतिक्रिया