राजनीति


प्रधानमन्त्रीले भने : मलाई मधेस पस्न रोके हुन्छ, पानी पस्न चाहिँ नरोक्नू

प्रधानमन्त्रीले भने : मलाई मधेस पस्न रोके हुन्छ, पानी पस्न चाहिँ नरोक्नू

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ९:०,

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुख्खाभूमिलाई हराभरा र उर्बर बनाएर छाड्ने बताएका छन्।

बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्न आग्रह गरेका छन्।

‘केपी ओली भनेको मधेस विरोधी भन्दै मधेस पस्न नदिने भन्थे’, उनले भने, ‘ओली मधेसी नपसे पनि पानी पसाइदिन्छ। केपी ओलीलाई पस्न नदिए हुन्छ तर तपाईंहरुका खेतमा पानी चाहिँ पसाइदिन्छ। तपाईंका सुख्खा खेलाई चिसा बनाइदिन्छ केपी ओलीले।’

म्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत सहभागी रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेसी जनताका नाममा भन्दै पानी नरोक्न सन्देश पठाएका हुन्।

‘म मुख्यमन्त्रीमार्फत मधेशलाई भन्न चाहन्छु- मलाई मधेशमा पस्न नदिनू तर खेत-खेतमा पठाउने पानी नरोक्नू’, प्रधानमन्त्री ओलीले भने।

उनले मधेसी जनताले यो कुरा बुझिसकेको बताउँदै आफूलाई कुनै हतारो नभएको बताए।

उनले तराईका भूमिमा सिँचाइ पु¥याएपछि आफ्ना लागि मधेस पस्न कुनै दल नचाहिने जनताले नै स्वागतका लागि गेट बनाउने बताए।

प्रधानमन्त्री ओलीले सुनकोशी मरिनको शिलान्यास कार्यक्रममा सुरुङ निर्माण भइसक्दा तराईमा नहर बनिसक्ने बताए।

सुरुङमार्गसंगै विद्युत उत्पादनको पूर्वधार पनि तयार हुने ओलीले बताए।

‘यता टनेल बन्दैगर्छ उता नहर बन्छ। त्योसँगै पावर हाउस तयार हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सुरुङमार्ग निर्माण भैसक्दा विद्युत उत्पादन गर्ने पावर हाउस, सिँचाइ गर्ने नहर तयार हुन्छ।’

याे पनि - 
२७ महिनामै महाभारत छेडेर सुनकोसी–मरिन डाइभर्सनः ३१ मेगावाट विद्युत, १ लाख हेक्टर सिँचाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad