ad ad

राजनीति


ह्वाइट हाउसले हटायो बजेट विभाग निर्देशकमा मनोनीत भारतीय–अमेरिकी नीराको नाम

ह्वाइट हाउसले हटायो बजेट विभाग निर्देशकमा मनोनीत भारतीय–अमेरिकी नीराको नाम

नेपालखबर
फागुन १९, २०७७ बुधबार २:२४,

भागको निर्देशकका लागि मनोनीत भारतीय–अमेरिकी नीरा टन्डटनको नाम ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) ले फिर्ता लिएको छ।

अमेरिकाको व्यवस्थापन र बजेट विभागको निर्देशकका लागि मनोनीत भारतीय–अमेरिकी नीरा टन्डनको नाम ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) ले फिर्ता लिएको छ।

समाचार संस्था रोयटर्सले आधिकारिक स्रोत उद्धृत गर्दै यो जानकारी दिएको हो।

प्राप्त जानकारीअनुसार केही दिनअघि अमेरिकी सरकारको व्यवस्थापन र बजेट विभागको निर्देशकका लागि मनोनित टन्डनेका नाम अनुमोदन गर्ने सम्बन्धमा बस्न लागेका सिनेट समितिले दुई ठूला बैठक स्थगित गरेको थियो। यसबीच ह्वाइट हाउसले टन्डनको नाम अनुमोदन गर्ने प्रयास गरिरहेको बताएको थियो।

नीरा टन्डनले विगतमा आफ्ना पार्टीका सहित धेरै नेताविरुद्ध ट्विट गरेकी थिइन्। जसका कारण रिपलब्लिकन पार्टीका नेता र केही डेमोक्रेटिक सांसदले समेत व्यवस्थापन र बजेट विभागको निर्देशकमा उनको नाम सिफारिस गरिएकामा विरोध जनाएका थिए। यस क्रममा उनको नाम अनुमोदनका लागि ह्वाइट हाउसले उनको नाम पारित गराउन आवश्यक मत जुटाउन संघर्ष गरिरहेको अनुमान गरिएको थियो।

सिनेटअन्तर्गत गृह सुरक्षा र सरकारी मामिला समिति र बजेट समितिले टन्डनको नाम अनुमोदनका लागि अघिल्लो बुधबार (फेब्रुअरी २०) मा हुने भनिएको मतदान अचानक स्थगन गरेको थियो। 

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले नियमित पत्रकार सम्मेलनका क्रममा भनेकी थिइन्, ‘हामी नाम अनुमोदन गर्ने प्रयास गरिरहेका छौं र उहाँ (टन्डन) तथा हाम्रो टोली सिनेटर र प्रमुख समितिहरूसँग निकट सम्पर्कमा छौं। उहाँ एक विशेषज्ञ हुनुहुन्छ र यो अप्रत्याशित संकटमा उहाँको योग्यताको एकदमै आवश्यकता छ।’

यदि सिनेटले नीरा टन्डनको नाम अनुमोदन गरेको भए उनी अमेरिकाको बजेटको नेतृत्व गर्ने पहिलो भारतीय मूलकी महिला हुनेवाला थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .