प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान जोखिममा छ भन्नुका सम्भावित ३ कारण बताएका छन्।
प्रधानमन्त्री ओलीले ‘आफूलाई भौतिक आक्रमण भएमा अनौठो नमान्नू’ भनेर भाषण गरेको भोलिपल्ट मंगलबार नेता रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
‘प्रम केपीले आफूलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारण : अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रम नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरू कसैमाथि हमला गराउन वातावरण बनाउने,’ मंगलबार साँझ नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यसले प्रमको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँछ।’
3
Shares

प्रतिक्रिया