राजनीति


संसद पुनर्स्थापनका लागि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्यो : सभामुख सापकोटा

संसद पुनर्स्थापनका लागि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्यो : सभामुख सापकोटा

नेपालखबर
फागुन १७, २०७७ सोमबार १४:६,

सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेपाली पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

सोमबार काठमाडौंमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसद पुनर्स्थापनको निम्ति नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेकाले नेपाली पत्रकारिता प्रति आफ्नो छाति गर्वले फुलेको र श्रद्धाले शिर झुकेको समेत बताए।

कार्यक्रममा उनले कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठुला ठुला अत्याचार हुने गरेको भन्दै उनले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘सुशासनको क्षेत्रमा मलाई के लाग्यो त भन्दाखेरी विधि विधान, नीति निर्माण, कानुन । म कानुनको विद्यार्थी त होइन। अहिले मलाई जब कानुनको अलिकति सुक्ष्म अध्ययन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। मलाई के लाग्यो त भन्दाखेरी कानुन निर्माणदेखि लिएर कानुनमा हुने छिद्रहरु र कानुनको शुद्धता, पवित्रता, कानुनको गुणस्तरले चाहिँ सुशासन कायम गर्नका लागि सबैभन्दा बढी भुमिका खेल्छन्। तपाई हामिलाई थाहा छ त्यहाँ छिद्र भित्र पसेर धेरै ठुला कुरा हुँदारहेछन्। एउटा कमा हुँदा र नुहुदा, ‘र’ र ‘वा’ को विचमा कति ठुला कुरा भइराखेको हुँदा रहेछन्। त्यसरी कति ठुला अत्याचारहरु भइराखेका छन्।’

सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मूल्यमान्यताहरुलाई आत्मसात गर्न खोजेको बताए। संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझैपनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र सो को लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ। र नयाँ मूल्यमान्यतालाई पनि आत्मसात गर्न खोजेको छ। हाम्रो संविधान साच्चिकै दुनियाको मौलिक छ। र यसले मौलिक अभ्यास गर्न खोजेको छ हाम्रो संविधानले। यो परम्परागत संसदीय व्यवस्था पनि होईन र यो हाम्रै मौलिकतामा, मौलिक जगमा खडा भएको छ। नेपालीपन छ यसमा। नेपाली मौलिकता छ। र त्यो संविधानमा फेरिपनि हामिले विकास गर्नुछ। परिमार्जन गर्नुछ। संशोधन गर्नुछ। त्यो संशोधन, परिमार्जन र विकास गर्नका लागि यसको सफल कार्यान्वयन गर्नुछ।’

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारद्य सुशिल पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad