समाज


१७ दिनदेखि बेपत्ता गुल्मीकी सम्झना बोहराको शव घरनजिकै फेला

१७ दिनदेखि बेपत्ता गुल्मीकी सम्झना बोहराको शव घरनजिकै फेला

नेपालखबर
फागुन १७, २०७७ सोमबार १४:०,

१७ दिनदेखि बेपत्ता रहेकी गुल्मीकी सम्झना बोहराको शव घर नजिकै फेला परेको छ। रेसुंगा नगरपालिका–३ भाडगाउँकी २१ वर्षीया बोहराको शव सोमबार स्थानीयले घरदेखि डेढसय मिटर पर फेला पारेर प्रहरीलाई खबर गरेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।

घाँस काट्न जाँदा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ढुंगा र झाडीले छोपिएको अवस्थामा शव फेला परेको डीएसपी पाण्डेले नेपालखबरलाई बताए।

शव फेला परेपछि प्रहरीले परिवारबाट सनाखत गराएको छ। मृतकका श्रीमान नेत्रबहादुरले उक्त शव सम्झनाको भएको पुष्टि गरेका छन्।

शव अहिले पनि घटनास्थलमै छ। मंगलबार सम्झनाका माइतीलाई बोलाइएको र उनीहरु आएपछि मात्रै शव उठाउने तथा घटनाको मुचुल्का गर्ने तयारी प्रहरीले गरेको छ। माइती पक्षले सम्झनालाई उनका श्रीमानले नै बेपत्ता बनाएको आरोप लगाउँदै आएका छन्।

तर सम्झनाकी सासु तोमकला खत्रीले माघ ३० गते राति अपरिचित तीन युवाले अपहरण गरेर लगेको बताएकी थिइन्। तोमकलाले फागुन २ गते आत्महत्या गरिसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad