ad ad

राजनीति


पार्टी नाम र सूर्य चिह्न हामीले पाई नै सक्यौँ, घोषणा हुन मात्र बाँकी छ : प्रचण्ड

पार्टी नाम र सूर्य चिह्न हामीले पाई नै सक्यौँ, घोषणा हुन मात्र बाँकी छ : प्रचण्ड

नेपालखबर
फागुन १७, २०७७ सोमबार १०:५७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।

उनले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए।

आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताए।

‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लाेकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’

प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा निर्णय गर्न आग्रह समेत गरे।

‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्याैँ, घाेषणा हुनमात्र बाँकी हाे,’ उनले सो कार्यक्रममा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .