ad ad

समाज


दक्षिणी सुडानमा सशस्त्र प्रहरी बलको युनिट सर्वोत्कृष्ट

दक्षिणी सुडानमा सशस्त्र प्रहरी बलको युनिट सर्वोत्कृष्ट

नेपालखबर
फागुन १७, २०७७ सोमबार १०:४८,

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको फर्मड पुलिस युनिट (एफपीयु–१) सर्वोकृष्ट भएको छ।

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्याङन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरु मध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपीयू–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो।

उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट हुन सफल भएको उक्त युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए।

कुनै पनि मिशनमा तैनाथ एफपीयूहरुबीच बिभिन्न बिधामा मूल्यांकन गरी उत्कृष्टता छनौट गर्ने कडिको रुपमा लिइने यस मूल्यांकनलाई एफपीयुहरुले प्राप्त गर्ने प्राप्तांकका आधारमा उत्कृष्ट छनौट गरिने गरिएको छ।

आन्तरिक प्रतिस्पर्धामा समाबेश गरिएका आठ बिधाहरु क्रमशः–मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन्। प्रत्येक बिधामा अधिकतम चार-चार अंकका दरले ३२ पुर्णांक छुट्याईएको थियो। १८ फेब्रुअरी सन् २०२१ मा लिइएको उक्त परीक्षण तथा मूल्यांकनमा नेपाल एफपीयू–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डेपुटि कमाण्डिङ अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैह्रे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार शर्मा रहेका छन्। उक्त एफपीयूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन्।

un-apf.jpg

शान्ति प्रक्रिया सातौ डप्फाको रुपमा सन २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत बिचलित नभई आफुलाई प्राप्त जिम्मेवारीहरुलाई उत्कृष्ट रुपमा निर्बाह गरेको तथा कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरुको अथक मेहनतका कारण पनि अन्य एफपीयूहरुलाई पछि पार्न सफल भएको कमाण्डिङ अफिसर न्यौपाने बताउँछन्।

हाल दक्षिण सुडानमा रहेका एफपीयूहरुमा नेपालको तर्फबाट दुई वटा, रुवन्डाको तिन वटा र घानाको एक गरी जम्मा ६ वटा एफपीयूहरु कार्यरत रहेका छन्। शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन् २०२३ डिसेम्बरमा आम निर्वाचन हुन गइरहेको छ। यसै क्रममा एफपीयूहरुको संख्यामा कटौती गरी ईन्डिभिजुयल प्रहरीहरुको संख्या बृद्धि गर्ने योजनाको साथ अगाडि बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .