राजनीति


नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक पहिलोपटक सिंहदरबारमा

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक पहिलोपटक सिंहदरबारमा

नेपालखबर
फागुन १७, २०७७ सोमबार ४:२१,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ।

नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो।

बिहानैदेखि जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

यसअघि पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बस्ने गरेको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक संसदीय दलको कार्यालयमा बसेको हो।

संसद् पुनर्स्थापनापछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले केही दिनयता बाह्य तथा आन्तरिक छलफललाई तीव्र पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad