राजनीति


राहुल गान्धी भन्छन्ः हामीले मोदीभन्दा शक्तिशाली शत्रु परास्त गरेका छौं

राहुल गान्धी भन्छन्ः हामीले मोदीभन्दा शक्तिशाली शत्रु परास्त गरेका छौं

नेपालखबर
फागुन १६, २०७७ आइतबार ८:४३,

आइतबार तामिल नाडुको तिरुनेलभेलीको एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीलाई देशको शत्रुको संज्ञा दिए।

उनले भने,‘हामीले मोदीभन्दा शक्तिशाली शत्रुलाई परास्त गरेका छौं।’

‘हामी एक शक्तिशाली दुश्मनसँग लडिरहेका छौं जसले देशमा पैसाको प्रभुत्वमा विपक्षीहरुलाई कुचल्दै छ। तर हामीले योभन्दा शक्तिशाली शत्रुलाई ७० वर्ष अगाडि नै परास्त गरेका थियौं। मोदीभन्दा ब्रिटिस धेरै शक्तिशाली थिए र रहनेछन्।’ गान्धीले भनेका छन्,‘भारतका जनताले बेलायती शासनलाई उत्तै फर्काइदिएका थिए। त्यसैगरी अब भारतीय जनताले उनलाई नागपुर पठाइदिने छन्। हामी घृणा, रिस र हिंसा बिनै त्यसो गर्नेछौं। उनीहरुले हामीलाई दमन गर्नेछन्, जे पनि गर्नसक्छन् तर हामीले त्यस्तो गर्नु हुँदैन।’

गान्धीले आफ्ना पछिल्ला ट्विटहरुमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई किसानको समस्या समाधान गर्न र देशमा व्याप्त बेरोजगारीको समस्या हल गर्न पनि चुनौती दिएका छन्।

किसानलाई खुशी बनाउन नसक्ने सरकारले कहिल्यै प्रगति नगर्ने पनि उनको भनाइ छ। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad