टाटा मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको निर्देशक सौर्य शमशेर राणाको मृत्यु भएको छ।
नेपाल भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत रहेका राणाको आइतबार बिहान निधन भएको हो।
चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको बिहान निधन भएको सिप्रदी ट्रेडिङले जानकारी गराएको छ।
सिप्रदीका मार्केटिङ म्यानेजर रुपम श्रेष्ठका अनुसार राणाको शव आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिँदै छ।
राणाले अटो व्यवसायमा लामो समय काम गरेका छन्। उनी नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे पूर्वअध्यक्ष पनि थिए।
स्वर्गीय राणाको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया