प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्।
आइतबार यती एयरलायन्सको पहिलो उडानबाट प्रधानमन्त्री ओली झापा पुगेका हुन्।
ओलीले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन गर्नेछन्। आजै मध्यान्हमा बहुचर्चित नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दैछन् ।
त्यसपश्चात् ओलीले इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गर्नेछन्। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुल पनि प्रधानमन्त्रीले आजै शिलान्यास गर्दै छन्।
दिउँसो करिब ४ बजे प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गमा जोडिने ३१ वटा पुलपनि शिलान्यास गर्नेछन्।
प्रधानमन्त्री ओली दिनभर कार्यक्रममा सहभागी भएर आजै साँझ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया