नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया सम्पन्न भएको छ।
मस्तिष्कघात भएपछि शुक्रबार बिहान ५ बजे नर्भिक अस्पताल भर्ना भएका जोशीको बिहानै अप्रेसन (शल्यक्रिया) गरिएको दाजु राजुराज जोशीले जानकारी दिए।
उनले अप्रेसनपछि जोशीलाई आईसीयू कक्षमा भेन्टिलेटरमा राखिएको जानकारी दिए।
‘अप्रेसन सम्पन्न भएको छ, तर डाक्टरहरुले अहिलेसम्म अवस्था खतरामुक्त छ भनेर भन्नुभएको छैन’, नेपालखबरसँग राजुराजले भने।
नवीन्द्रको मस्तिस्कको केही भागमा रगत देखिएका कारण उनको तत्काल अप्रेसन गरिएको अस्पतालले जनाएको जोशीले बताए।
जोशीको उपचारमा न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।
बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो।

प्रतिक्रिया