राजनीति


सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १०:३१,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन्।

हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे। विद्यालयले ज्ञानसँगै सीपसमेत दिन सक्नुपर्ने उनको भनाइ थियो।

पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिन सक्नुपर्ने बताए। प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेख्य रहेको बताए।

पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनःनिर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनःनिर्माणकार्य सम्पन्न भइसकेको जानकारी दिए।

उनले आजदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवन कर बाहेक रु पाँच करोड ३५ लाखमा सम्पन्न हुने निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताए। सम्झौतानुसार उक्त निर्माण कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad