सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेस्नल स्टडिज एसिया म्यारिटाइम ट्रान्सपरेन्सी इनिसियटिभको रिपोर्टअनुसार चीनले दाबी गरेको दक्षिण चीन सागरको स्प्राट्ली टापुमा भियतनामले रक्षा प्रणाली खडा गरेको हो।
दक्षिण चीन सागर पुरै आफ्नो भएको दाबी गर्ने चीनलाई भियतनामको कार्यले थप चुनौती थपिदिएको अनुमान गरिएको छ।
अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियाजस्ता मुलुकले दक्षिण चीन सागरमा चीनको दाबीलाई दोहोर्याउँदै अवैधानिक भन्दै आएका छन्।
यसबीचमा भियतनामले क्षेप्यास्त्र प्रणाली लगायतका अन्य रक्षा प्रणाली स्प्राट्ली टापुमा खडा गरेको हो।
चीन र भियतनामसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स तथा ताइवानले पनि दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दछन्।
स्प्राट्ली टापुमा भने भियतनामले प्रभुत्व जमाएको हो। चीनले पनि दक्षिण चीन सागरका केही स्थानमा कृत्रिम टापु खडा गरेर सेना तथा हतियार तैनाथ गरेको छ। एससीएमपी

प्रतिक्रिया