राजनीति


मैले त प्रधानमन्त्रीज्यूलाई प्रतिनिधि सभा विघटन नगर्नुस् भनेकै हुँ, मान्नुभएन : नेम्वाङ

मैले त प्रधानमन्त्रीज्यूलाई प्रतिनिधि सभा विघटन नगर्नुस् भनेकै हुँ, मान्नुभएन : नेम्वाङ

नेपालखबर
फागुन १२, २०७७ बुधबार १०:४२,

संविधान सभाका अध्यक्ष एवं नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा विघटन नगर्न आफूले सुझाव दिँदादिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको खुलासा गरेका छन्।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाएको भोलिपल्ट आज बुधबार नेम्वाङले प्रधानमन्त्री ओलीले आफ्नो सल्लाह बेवास्ता गरेका कारण आज यस्तो अवस्था आएको बताएका हुन्। 

बुधबार न्युज २४ सँग कुरा गर्दै नेता नेम्वाङले भनेका छन्,  ‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो। यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्।’

त्यस क्रममा नेम्वाङले आफूलाई लागेका कुरा प्रधानमन्त्रीलाई जहिले भन्ने गरेको तर मान्ने/नमान्ने उनकै सोचमा भरपर्ने पनि बताए।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले सधैँ आफूलाई लागेको कुरा भन्ने गरेको छु। प्रधानमन्त्रीलाई धेरैले आफ्ना कुरा भन्ने गर्छन्, मैले पनि आफ्ना कुरा भन्ने हो। सधैँ मेरा कुरा मात्र मान्नुहुन्छ भन्ने पनि होइन। त्यति बेला मेरा कुरा उहाँले मान्नुभएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad