राजनीति


प्रचण्ड–नेपालद्वारा सत्ता सहकार्यको प्रस्ताव, देउवाले भने– पार्टीमा छलफल गर्छु

प्रचण्ड–नेपालद्वारा सत्ता सहकार्यको प्रस्ताव, देउवाले भने– पार्टीमा छलफल गर्छु

नेपालखबर
फागुन १२, २०७७ बुधबार ८:५८,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राखेका छन्।

बुधबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका प्रचण्ड र नेपालले प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि सिर्जित नयाँ राजनीतिक अवस्थामा मिलेर जानुपर्ने प्रस्ताव राखेको देउवानिकट स्रोतले जनाएको छ।

‘उहाँहरुसँग प्रतिनिधि सभा पुनर्स्थापना भएपछि कसरी जाने भन्ने विषयमा छलफल भएको हो,’ देउवानिकट स्रोतले भन्यो, ‘प्रचण्ड र नेपालले मिलेर जान प्रस्ताव गर्नुभयो, सभापति देउवाले आफ्नो दलभित्र सल्लाह गरेर केहीदिनमा फेरि बैठक बस्ने कुरा गर्नुभएको छ।’

छलफलका लागि आफ्नो निवासमा आएका प्रचण्ड र नेपाललाई देउवाले ‘तपाईहरुले भनेको कुरा ठीक छ, यस बारेमा म पार्टीभित्र छलफल र सरसल्लाह गर्छु’ भन्ने जवाफ दिएका थिए।

देउवा, प्रचण्ड र नेपालबीच झण्डै आधा घण्टा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाकारी दिए।

यो पनि : 
देउवासँग उनकै निवासमा छलफल गर्दै प्रचण्ड–नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad