राजनीति


कर्मचारीलाई मन्त्रीको निर्देशनः ढिलासुस्ती नगर्नु, कामचोर नबन्नु

कर्मचारीलाई मन्त्रीको निर्देशनः ढिलासुस्ती नगर्नु, कामचोर नबन्नु

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १०:३३,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता भएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका बीचमा समेत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित पूँजीगत खर्च तथा कार्यक्रम तोकिएकै समयमा सम्पादन गर्न सम्झौता भएको थियो।

प्रधानमन्त्री ओलीले मन्त्री खनालसँग सम्झौता गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समयमा नै सम्पादन गर्न र कृषि अनुदानलाई पारदर्शी रुपमा वितरण गर्न निर्देशनका साथै मन्त्री खनालसँग लिखित सम्झौता गरेका थिए।

सोही कार्यक्रमलाई आज निरन्तर प्रदान गर्दै मन्त्री चक्रपाणि खनाल र सोही मन्त्रालयका कृषि विकास सचिव डा युवकध्वज जिसी, पशुपन्छी विकास सचिव प्रकाश माथेमा एवं कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा टेकबहादुर गुरुङबीच दुई पक्षीय सम्झौता भएका छन्।

मन्त्रालयले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव डा गोविन्दप्रसाद शर्मा योजना तथा विकास समन्वय महाशाखाका सहसचिव तेजबहादुर सुवेदी, प्रशासन महाशाखाका सहसचिव रघुराम विष्ट बीचमा पनि आजै कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

त्यसैगरी कृषि विभागका महानिर्देशक डा सूर्यप्रसाद पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा तथा कृषि विकास महाशाखाका प्रमुख डा हरिबहादुर केसीसँग कृषि विकास सचिव डा युवकध्वज जिसीले सम्झौता गरेका छन्।

पशुपन्छी विकास सचिव प्रकाश माथेमा र पशु स्वास्थ्य महाशाखाका सहसचिव डा किसनलाल भट्ट, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव विमलकुमार निर्मल र पशुसेवा विभागका महानिर्देशक डा वंशी शर्माबीचमा समेत कार्यसम्पादन सम्बन्धमा लिखित सम्झौता भएको छ।

सम्झौतापछि सचिव तथा विभिन्न विभागका विभागीय प्रमुखलाई मन्त्री खनालले कुनै पनि बहानामा कार्यसम्पादन सम्पन्न गर्न र ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad