राजनीति


देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै प्रचण्ड–नेपाल

देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै प्रचण्ड–नेपाल

नेपालखबर
फागुन १२, २०७७ बुधबार ६:५८,

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिको सन्दर्भमा छलफल गर्न नेकपाका दुई नेता बुढानिलकण्ठ पुगेका हुन्।

‘उहाँहरु आउने खबर गर्नुभएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले नेपालखबरसँग भने।

चितवनमा रहेका दुवै नेता त्यहाँ आयोजित सभालाई सम्बोधन नगरी फर्कन लागेका हुन्।

सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको प्रक्रिया, नयाँ प्रधानमन्त्रीबारे बिभिन्न अड्कलबाजी भइरहेका बेला नेकपाका अध्यक्षद्वयले त्यसैबारे देउवालाई भेटेर छलफल गर्नेछन्।

ओली हटेपछि नेकपाका प्रचण्ड वा नेपालमध्ये एक र कांग्रेस सभापति देउवालाई नै अब बन्ने प्रधानमन्त्रीका प्रवल दाबेदारका रुपमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad