ad ad

राजनीति


गोकर्ण विष्टको अपिल : विगतबाट पाठ सिक्दै संयमित भएर अगाडि बढौं

गोकर्ण विष्टको अपिल : विगतबाट पाठ सिक्दै संयमित भएर अगाडि बढौं

नेपालखबर
फागुन १२, २०७७ बुधबार ५:१२,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले अहिलेको विशेष परिस्थितिमा देश र जनताप्रति जिम्मेवार भएर अघि बढ्न सबैमा अपिल गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको भोलिपल्ट आज बुधबार बिहान ट्विटरमार्फत उनले विगतबाट पाठ सिकेर अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध गरेका हुन्।

उनले ट्विट गरेका छन्, ‘सम्मानित अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्न विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .