ad ad

राजनीति


गुरुङले भने : नेतृत्वले प्रधानमन्त्री पदका लागि लुछाचुँडी गर्‍यो भने महाभूल हुनेछ

गुरुङले भने : नेतृत्वले प्रधानमन्त्री पदका लागि लुछाचुँडी गर्‍यो भने महाभूल हुनेछ

नेपालखबर
फागुन १२, २०७७ बुधबार ५:८,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले न्यायाधीशहरुले स्वतन्त्र अदालतको साख उचाइमा पुर्‍याएको भन्दै संसदको साख उचो बनाउने जिम्मा राजनीतिक नेतृत्वको भएको बताएका छन्।

उनले प्रधानमन्त्री पदका लागि नेतृत्वले लुछाचुँडी गरे महाभूल हुने चेतावनी पनि दिएका छन्।

मंगलबार साँझ प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई अदालतले बदर गरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले अव राजनीतिक नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

‘प्र.न्या.लगायत न्यायाधीशहरुले स्वतन्त्र अदालतको साखलाई अझ उचाइमा पुर्‍यायो। अब संसदको साख बढाउने जिम्मेवारी राजनैतिक नेतृत्वको हो’, गुरुङले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘प्र.म.पदको लागि राजनैतिक नेतृत्वले लुछाचुँडी गर्‍यो भने महाभूल हुनेछ। यही बेला राजनैतिक नेतृत्वले भनोस्– ‘अब नेतृत्व हामीबाट हैन नयाँ पुस्ताबाट।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .