सर्वाेच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै पुनर्स्थापनाको फैसला गरेपछि एकपछि अर्काले खुसी प्रकट गरिरहेका छन्।
यसै क्रममा नेकपाका नेता जनार्दन शर्माले पनि सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेका छन्।
उनले लेखेका छन्, ‘नेपाली जनता र राष्ट्रका पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रूपले पुष्टि गरी न्यायालयप्रति जनताको विश्वासलाई नयाँ उचाइमा उठाएको छ।’

प्रतिक्रिया