राजनीति


वर्षमान पुन भन्छन् : प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले बाटो खोल्छ

वर्षमान पुन भन्छन् : प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले बाटो खोल्छ

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १४:१८,

नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपालखरसँग कुरा गर्दै पुनले भने, ‘अब संसद बैठक बस्छ, यति भएपछि त प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ होला नभए उहाँलाई संसदले हटाउँछ।’

पुनले अब नयाँ सरकार बन्ने र देश स्थिरतातर्फ अघि बढ्ने बताए। नयाँ सरकार गठनका लागि सबै पक्षसँग छलफल गर्ने बताउँदै उनले प्रधानमन्त्री ओलीले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए।

‘प्रधानमन्त्रीलाई राजीनामा दिनुस् भनेर शीर्ष नेताहरु गएर भन्नुहुन्छ,’ पुनले भने, ‘तपाईं हार्नुभयो, तपाईंको लाईन बेठिक भयो, गल्ती गर्नुभयो अब राजीनामा दिनुस् भन्ने हो।’

राजीनाामा नदिए के हुन्छ भन्ने प्रश्नमा उनले भने ‘सुरुमा राजीनामा माग्ने हो, नदिएमा संसदले बाटो खोल्छ।’

प्रधानमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावलाई टेबल गर्ने कि अर्को लैजाने भन्ने बारेमा दलहरुबीच छलफल हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad