प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नेता गोकुल बाँस्कोटाले संविधानले संसद्मा असर गरेको नभइ राजनीतिले असर गरेको प्रतिक्रिया दिएका छन्।
मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेसँगै प्रतिक्रिया दिँदै नेता बाँस्कोटाले नेपालको राजनीति आ–आफ्नै तालसुरमा चलिरहने भन्दै दीपावली र रुवावासी आवश्यक नभएको बताए।
‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन। त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि। राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ। के को दीपावली, के को रुवाबासी? बाँकी हेर्दै जाने हो’, बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 23, 2021

प्रतिक्रिया