राजनीति


संसद विघटन बदर गर्ने फैसलाको स्वागतमा नेविसंघद्वारा दीपावली

संसद विघटन बदर गर्ने फैसलाको स्वागतमा नेविसंघद्वारा दीपावली

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १४:१६,

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेको छ।

कांग्रेसको भातृ संगठन नेविसंघले मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीपावली गरेको हो।

सर्वोच्चले संसद पुनर्स्थापना गर्ने फैसला गरेसँगै बिभिन्न समूहले विजय जुलुस निकालेका छन्।

samsad-deep1_1.jpg
फाेटाे : प्रविन काेइराला/नेपालखबर

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको त्यसको अनुमोदनलाई अदालतले बदर गरेपछि त्यसको स्वागतमा राजधानी र मुलुकका बिभिन्न स्थानमा जुलुस तथा दिपावली गरेका हुन्।

samsad-deep4_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad