संसद् पुनर्स्थापना भएकामा ओली प्रतिगमनविरुद्ध संघर्षरत सबै जनाले खुसी प्रकट गरिरहेका बेला एक जना नागरिक अभियन्तासमेत रहेका लेखक खगेन्द्र संग्रौला भने खासै खुसी देखिएका छैनन्।
याे पनि : संसद् विघटन बदर गर्ने यसरी गरियो घोषणा (फैसलाको पाठ/अडियो)
बरु खुसी मनाउनेहरूलाई समेत उनले किन यतिविधि खुसी भएको भनेर प्रश्न गरेका छन्।
ठूलाे भष्मासुरकाे सट्टाभर्ना अब सानाे भष्मासुर!अनि यत्राे खुसी? https://t.co/oHqbKV3W7K
— Khagendra Sangroula (@belakoboli) February 23, 2021उनले यसअघि गरेको ट्विट पनि यस्तो छ, ‘सर्वोच्च अदालतको फैसला ठूला ओलीलाई राजगद्दीबाट ओरालेर साना ओलीलाई राजगद्दीमा उकाल्नु हो? आखिर राजगद्दीमा सानो ओली छिप्पिएर ठूलो ओली बन्ने त हो ! हैट्, राजगद्दीमा सढाउ ओलीपछि फेरि सढाउउन्मुख ओली !’
साहित्यकार संग्रौला तिनै व्यक्ति हुन्, जो संसद् विघटनविरुद्ध भएको बृहत् नागरिक आन्दोलनमा सक्रिय रूपमा सहभागी भइरहेका थिए। टुँडिखेलमा सैनिकले गेट नखोल्दा नागरिकले ताल्चा फोर्ने चेतावनी दिएका थिए।
याे पनि : टुँडिखेलको ढोका सधैँलाई बन्द गरियो भने फोरिनेछ (भिडिओ)

प्रतिक्रिया