नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य रहेको बताएका छन्।
मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने निर्णय गरेसँग प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेले सर्वोच्चको फैसलाले सत्यको जित भएको बताए। उनले यो फैसलाले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताए।
‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। सर्वोच्चको फैसलाले सत्यको जित भएको छ। र, यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद’, नेता पौडेलले ट्विटरमा लेखेका छन्।
मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।
सर्वोच्चलाई धन्यवाद !
पोैडेल कांग्रेस भित्र प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा चर्को वकालत गर्दै आएका थिए।

प्रतिक्रिया